आचार्यलाई हराउँदैं प्रेस युनियनको उपाध्यक्षमा ‘ऋषिकान्त’
कास्की | साउन ९, २०७९
पोखरा: कान्तिपुर टेलिभिजनकर्मी ऋषिकान्त पौडेल नेपाल प्रेस युनियनको उपाध्यक्ष निर्वाचित भएका छन् । हेटौंडामा सम्पन्न युनियनको नवौं महाधिवेशनबाट गण्डकी प्रदेशको तर्फबाट पौडेल निर्वाचित भएका हुन् ।
उनले प्रतिद्वन्द्धि तनहुँका ओमकार आचार्यलाई पराजित गरेका हुन् ।
युनियनको विधान अनुसार ७ प्रदेशबाट ७ जना उपाध्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान छ । उनले गण्डकी प्रदेशको कोटाबाट निर्वाचित भएपनि मत भने देशभरका प्रतिनिधिहरुले हालेका थिए ।
सो निर्वाचनबाट प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित पौडेल कान्तिपुर टेलिभिजनका पोखरा संवाददाता हुन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

