आचार्यलाई हराउँदैं प्रेस युनियनको उपाध्यक्षमा ‘ऋषिकान्त’

कास्की | साउन ९, २०७९

आचार्यलाई हराउँदैं प्रेस युनियनको उपाध्यक्षमा ‘ऋषिकान्त’

पोखरा:  कान्तिपुर टेलिभिजनकर्मी ऋषिकान्त पौडेल नेपाल प्रेस युनियनको उपाध्यक्ष निर्वाचित भएका छन् ।  हेटौंडामा सम्पन्न युनियनको नवौं महाधिवेशनबाट गण्डकी प्रदेशको तर्फबाट पौडेल निर्वाचित भएका हुन् ।

 

उनले प्रतिद्वन्द्धि तनहुँका ओमकार आचार्यलाई पराजित गरेका हुन् ।

 

युनियनको विधान अनुसार ७ प्रदेशबाट ७ जना उपाध्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान छ । उनले गण्डकी प्रदेशको कोटाबाट निर्वाचित भएपनि मत भने देशभरका प्रतिनिधिहरुले हालेका थिए । 

 

सो निर्वाचनबाट प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित पौडेल कान्तिपुर टेलिभिजनका पोखरा संवाददाता हुन् ।
 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्